site stats
बाह्रखरी :: Baahrakhari
देश
कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ काे पूर्वनिर्धारित परीक्षा सार्ने जनाएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यही वैशाख ११ गते हुने भनिएको परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“शिक्षक महासंघसँग पनि अनुरोध गरेका थियौँ, कतिपय विद्यार्थी परीक्षा केन्द्रमा जान नसकेको कारण पनि सुन्यौँ, प्रधानमन्त्रीसँग सल्लाह गरेर केही दिन सार्ने तयारी गरेका हौँ,” उनले भनेका छन् । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा बोर्डका पदाधिकारीलाई बालुवाटारमा  बोलाएर परीक्षाको मिति सार्न निर्देशन दिएका थिए ।

शर्माका अनुसार, परीक्षा तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । “वैशाख ११ का लागि तय भएको कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि गर्ने बोर्डको निर्णय भएको छ,” उनले भने, “परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौँ ।”

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्