site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
साहित्यकार होमनाथ सुवेदी सम्मानित
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले कविता यात्राको २१६औँ शृंखला सम्पन्न गरेको छ । उक्त कार्यक्रममा अमेरिका बस्दै आएका साहित्यकार होमनाथ सुवेदीलाई ‘ज्योति साहित्य सम्मान’ प्रदान गरियो ।
 
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसी भट्टराईले सुवेदीलाई सम्मान गरे । सुवेदीले नेपाली भाषा, साहित्यलाई अन्तराष्ट्रियकरण गर्न नेतृत्वदायी भूमिकाका लागि उक्त सम्मान प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । 

कार्यक्रममा कविहरू तोयानाथ सुवेदी, सुप्रियाञ्जली घिमिरे, इन्दिरा चापागाईं, दिनेशकुमार शर्मा, मधुसुधनप्रसाद घिमिरे, सुधा भट्टराई, उत्तम विचार, निरा श्रेष्ठ, देवेन्द्र ओली, डा. विष्णुविभु घिमिरे, डा. पद्मा अर्याल, संगीता खरेल, देवेन्द्र नेपाल, हारितकुमार रेग्मी, नीरा श्रेष्ठ, डा. शशि थापा पण्डित, अमर अधिकारीलगायतले कविता वाचन गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्