site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्राधिकरण टुक्र्याएरमात्र हवाई क्षेत्रको समस्या हल हुँदैन : पूर्वपर्यटनमन्त्री तामाङ
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद हितबहादुर तामाङले नेपाल नागरिक उड प्राधिकरण टुक्र्याउने विधेयकले मात्रै हवाई क्षेत्रको समस्या हल नहुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा नेपाल नागरिक उड्ड्यन प्राधिकरण विधेयकमा भएको सैद्धान्तिक छलफलका क्रममा पूर्वपर्यटनमन्त्रीसमेत रहेका तामाङले प्राधिकरण टुक्र्याएरमात्रै समस्या समाधान नहुने बताएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“नयाँ संरचनानुसार जाँदा त्यसमा चुनौती बढ्छ नै,” उनले भने, “यो विधेयकमा पनि कतिपय कुरा खुलेर आउनुपर्ने आएका छैनन् ।”

छुट्टै नियामक निकाय र कमजोर संरचना बने हवाई उद्योगलाई नकारात्मक असर पर्ने उनको भनाइ छ । “नियमन र सेवा प्रदायकबीच सन्तुलन आएन भने सुरक्षा जोखिम तथा प्रशासनिक द्वन्द्व बढ्न सक्छ,” उनले भने, “यसले सेवाको गुणस्तरमा कमी हुन सक्छ ।”

नियामक निकायमा दक्ष जनशक्तिको व्यवस्थापनबारे स्पष्ट धारणा ल्याउनुपर्ने तामाङले बताए ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्