site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अमृतभोग बासमती चामल सार्वजनिक

काठमाडौं । त्रिवेणी राइस इन्डस्ट्री प्रालिले आफ्नो नयाँ प्रिमियम उत्पादन अमृतभोग बासमती चामल नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार (वैशाख १२) काठमाडौंमा गरेको सार्वजनिक कार्यक्रममा ३५० भन्दा बढी डिलर अधिकारीको उपस्थिति थियो ।

अध्यक्ष वीरेन्द्रकुमार संघइ र निर्देशक साकेत संघइले संयुक्त रूपमा चामल सार्वजनिक गरेका हुन् । त्रिवेणी राइस इन्डस्ट्रीले ०८० कात्तिक ९ गतेदेखि औपचारिक उत्पादन सुरु गरेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसको फ्याक्ट्री वीरगन्जमा रहेको जानकारी गराइएको छ । “हामी २० केजीको अमृतभोग बासमती चामललाई प्रारम्भिक मूल्य दुई हजार ८५१ रुपैयाँमा ल्याउँदा अत्यन्त खुसी छौं, जुन हाल बजारमा तीन हजार २०० सम्ममा पाइन्छ,” निर्देशक संघइले भने, “गुणस्तरमा कुनै सम्झौता नगरी ग्राहक आकर्षित गर्ने उद्देश्यले यो मूल्य निर्धारण गरिएको हो । अघिल्ला उत्पादनहरू जस्तै यो बासमती चामलले पनि डिलर र ग्राहकहरू दुवैको मन जित्नेमा हामी विश्वस्त छौँ ।”

कम्पनीको गुणस्तर प्रतिबद्धतालाई अझ जोड दिँदै अर्का निर्देशक शुभम खण्डेलवालले भने, “त्रिवेणी राइस इन्डस्ट्रीमा हामी उच्च प्रविधियुक्त मेसिनहरूको प्रयोग गर्छौं, जसले गर्दा चामल कीटाणुरहित र सफा हुने गर्दछ । हामी सधैँ उत्कृष्ट गुणस्तरको उत्पादन प्रदान गर्ने प्रतिबद्धता गर्छौं ।”

कम्पनीले अमृतभोग जिरा मसिनो चामल, अमृतभोग सोना मन्सुली चामल, नित्या जिरा मसिनो चामल, नित्या सोना मन्सुली चामल र अमृतभोग सोना मन्सुली चामलजस्ता उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  १२:५७
प्रतिक्रिया दिनुहोस्