site stats
बाह्रखरी :: Baahrakhari
देश
दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
फाइल तस्बिर ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित दुम्कीबासमा डाइभर्सन बगाउँदा बाटो अवरुद्ध भएको छ । 

शुक्रबार (वैशाख १९) बिहान वियनी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यालयका सूचना अधिकारी मधु नेपालका अनुसार, विनयी खोलाको पुल भत्किएपछि राजमार्गमा सवारीसाधन आवागमन गराउन निर्मित डाइभर्सन पनि बाढीले बगाएकाले मालवाहक तथा ठूला गाडी होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएका छन् ।

यात्रुवाहक र साना सवारीसाधनलाई भने वैकल्पिक बाटो हुँदै गन्तव्यतर्फ पठाइएको छ । अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन समय लाग्ने सूचना अधिकारी नेपालले बताए । रासस

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  ०९:४६
प्रतिक्रिया दिनुहोस्