site stats
बाह्रखरी :: Baahrakhari
देश
पाकिस्तानी आक्रमणमा सैनिक पूर्वाधारमा कुनै क्षति नभएको भारतको दाबी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी मिसाइल आक्रमणले भारतको सैनिक पूर्वाधारमा कुनै पनि क्षति नपुगेको बताएका छन् ।

बीबीसीका अनुसार यसअघि पाकिस्तानले भारतको पञ्जाबमा रहेको सैन्य सुविधाहरूमा प्रहार गरेको र भारतको पंजाबको रहेको ब्रह्मोस मिसाइल भण्डारण केन्द्र नष्ट गरेको दाबी गरेको थियो ।

“पाकिस्तानले अडामपुरमा भारतीय एस–४०० प्रणाली ध्वस्त, सुरत र सिरसामा वायुक्षेत्रहरूको नष्ट, नगरोटामा ब्रह्मोस स्पेस, डेरांग्यारीमा तोपखाना र चण्डीगढको गोलाबारुद गोदामलगायत अन्य सैनिक क्षेत्रहरूलाई ठूलो क्षति पुगेको दाबी गरेको छ,” रक्षा मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतीय वायुसेनाकी विंग कमान्डर व्योमिका सिंहले भनिन्, “पाकिस्तानले सामाजिक संजालमा निरन्तर गलत सूचना प्रवाह गर्ने अभियान चलाएको छ । भारतले पाकिस्तानले प्रवाह गरिरहेका असत्य दाबीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौँ ।” बीबीसी

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्