site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युरोपेली नेताको युक्रेन भ्रमणपछि पुटिनले राखे प्रत्यक्ष वार्ताको प्रस्ताव

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग प्रत्यक्ष वार्ताको आह्वान गरेका छन् । उनले कुनै ढिलाइ नगरी मे १५देखि नै वार्ता सुरु गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।

रुसी राष्ट्रपति कार्यालय क्रेमलिनबाट शनिबार राति ढिलो गरी प्रसारित टेलिभिजन सम्बोधनमा उनले भने, “हामी गम्भीर वार्ता चाहन्छौँ । द्वन्द्वको मूल कारणहरू हटाएर स्थायी र मजबुत शान्तितर्फ बढ्ने प्रयास गर्नुपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रुसको यो घोषणा युरोपेली नेताहरूले युक्रेन भ्रमण गरी रुसलाई विनासर्त ३० दिने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेको केही घण्टापछि आएको हो । युरोपेली नेताहरूमा बेलायती प्रधानमन्त्री सर किएर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन पनि थिए ।

यसको प्रतिक्रियामा राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, “हामीले यसबारे गम्भीरतापूर्वक विचार गर्नुपर्नेछ ।” 

तर उनले चेतावनी दिँदै भने, “हामीलाई दबाब दिन खोज्नु व्यर्थ हो ।’

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०७:५८
प्रतिक्रिया दिनुहोस्