site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
महँगी ३.३९ प्रतिशतमा सीमित

काठमाडौं । चालु आर्थिक वर्ष ०८१/८२ को चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) ३.३९ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, ०८० चैत महिनामा महँगी ४.६१ प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी २.४५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.६३ प्रतिशत, फलफूलको ९.०७ प्रतिशत, दाल तथा गेडागुडीको ६.५८ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ५.१६ प्रतिशतले बढेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चैतमा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत महँगी २.९५ प्रतिशत, तराईको ३.३१ प्रतिशत, पहाडको ३.४६ प्रतिशत र हिमालको ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्र बैंकले मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्न महँगीलाई ५ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्