site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिने व्यक्ति पक्राउ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गृहमन्त्रीको साथी हुँ भन्दै धाक धम्की दिएको अभियोगमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–३ घर भएका ५० वर्षीय राजकुमार श्रेष्ठलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । 

गृहमन्त्रीको साथी हुँ भनी विभिन्न कार्यालयका राष्ट्रसेवक कर्मचारीलाई टेलिफोनमार्फत गाली गलौज, डरत्रास तथा धाक धम्की दिई दैनिक काम काजमा समेत बाधा–अवरोध गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनलाई पक्राउ गरेको हो । 

प्रहरीले उनलाई काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ तीनदोबाटोबाट पक्राउ गरेको हो । उनलाई राष्ट्रसेवक कर्मचारीलाई कामकाजमा बाधा विरोध गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्