site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहुलियत कर्जाको ब्याज अनुदान बढेपछि महालेखाले भन्यो– थप विश्लेषण हुनुपर्ने देखियो

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले सहुलियत कर्जाको ब्याज अनुदान २०७८ असारदेखि २०८१ मंसिरसम्मको अवधिमा उल्लेखनीय वृद्धि भएको देखाएको छ । महालेखाका अनुसार, ०८१ असारसम्म २४ अर्ब ८९ करोड नौ लाख ५९ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

“नेपाल राष्ट्र बैंकबाट प्राप्त तथ्यांकअनुसार २०७८ असारसम्म ब्याज अनुदान ६ अर्ब ७९ करोड ६४ लाख ७९ हजार रुपैयाँ रहेकोमा २०७९ असारसम्म १५० प्रतिशतले वृद्धि भइ १६ अर्ब ९६ करोड ८५ लाख आठ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, २०८० असारसम्म २२ अर्ब ३९ करोड आठ लाख १६ हजार र २०८१ असारसम्म २४ अर्ब ८९ करोड नौ लाख ५९ हजार रुपैयाँ पुगेको छ,” ६२औँ प्रतिवेदनमा उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उल्लिखित स्थितिले कार्यक्रमको व्यापकता तथा वित्तीय संस्थाहरूको संलग्नता बढेको भए पनि दीर्घकालसम्म सहुलियत ब्याज अनुदान कार्यक्रमको निरन्तरता कायम गर्ने सम्बन्धमा थप विश्लेषण हुनुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्