site stats
बाह्रखरी :: Baahrakhari
देश
जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३२ जनालाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगतसमेत सातजनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख सात हजार नौ सय १५ रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भीमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद दुई लाख ५७ हजार चार सय रुपैयाँ  र नौ बुक ताससहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भीमदत्त नगरपालिका–४ बजारस्थित पर्वत होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ४० वर्षीय केशवराज जोशी समेत सातजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ८ सय ३५ रुपैयाँसहित पक्राउ गरेको हो । 

तनहुँको व्यास नगरपालिका–११ रानीगाउँस्थित विष्णु पौडेलले सञ्चालन गरेको साथीभाई कटेजबाट जुवातास खेलिरहेको अवस्थामा विष्णु समेत आठजनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रुपैयाँ र चार बुक ताससहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्