site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कविता यात्रा सम्पन्न

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानले नियमित रूपमा गर्दै आएको कविता यात्राको २१८औं शृङ्खला सम्पन्न गरेको छ ।

हालै सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले कविता इलास्टिकजस्तो तन्काउने विषय नभएको बताए । उनले कविता लेख्नेले अरूका कविता  सुन्ने, बुझ्ने र अनुभूत गर्ने अभ्यास गर्नुपर्नेमा जोड दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रममा कविहरू डा. विप्लव ढकाल, भीष्म उप्रेती, डा. पद्मा अर्याल, सूर्य लाकोजु, शैलेन्द्र साकार, विजय हितान, गङ्गा भेटवाल, डा मनमूर्ति भूर्तेल, बुद्धिमान महर्जन, श्रीराम पौडेल, करिश्मा सिंह, अम्बिका सुवेदी, रजनी मिललगायत करिब ३० कविले कविता वाचन गरे ।

उक्त अवसरमा प्रतिष्ठानले पर्यासाहित्यमा कलम चलाउँदै आएका विजय हितानलाई ‘पर्यासाहित्य दूत’ सम्मान प्रदान गरियो । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०७:४३
प्रतिक्रिया दिनुहोस्