
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो क्वालिफायरमा आज पञ्जाव किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध प्रतिस्पर्धा गर्दै छ । यी दुई टिमले लिग चरणमा क्रमशः पहिलो र दोस्रो स्थानमा रहँदै प्लेअफ यात्रा तय गरेका हुन् ।
यी दुवै टोली आईपीएलको इतिहासमै पहिलो उपाधिको खोजीमा छन् । आईपीएलको इतिहासमा पञ्जावले पछिल्लोपटक सन् २०१४ मा फाइनल खेलेको थियो ।
बेंगलुरुले सन् २०१६ मा फाइनलमा प्रतिस्पर्धा गरेको थियो । यी दुवै टिमले प्रतियोगिताको पछिल्लो पाँच खेलमध्ये चारमा जित निकाल्दा समान एक खेलमा हार व्यहोरेका छन् ।
भारतको मुल्लानपुरस्थित महाराजा यदाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो खेल नेपाली समयअनुसार साढे ७ बजेदेखि सुरु हुनेछ ।
आजको खेलमा जित निकाल्ने टोलीले सोझै फाइनलमा स्थान बनाउने छ । हार्ने टोलीले भने इलिमिनेटर विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।