site stats
बाह्रखरी :: Baahrakhari
देश
एसपी सुवेदी पुरस्कृत
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी पुरस्कृत भएका छन् । बिहीबार (जेठ १५) वाग्मती प्रदेश सरकारले गणतन्त्र दिवसका अवसरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका प्रमुख सुवेदीलाई पुरस्कृत गरेको हो ।

मुग्लिन–नारायणगढ सडकखण्डको सुरक्षा तथा सञ्चालन र विपदजन्य घटनामा उत्कृष्ट समन्वय गरेको भन्दै उनलाई पुरस्कृत गरिएको प्रदेश सरकारले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:३९
प्रतिक्रिया दिनुहोस्