अर्थ व्यवसाय

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार (जेठ १९) १.६० अंकले बढेर २६९४.६६ विन्दुमा बन्द भएको छ । यस दिन नौ अर्ब २२ करोड ६३ लाख रुपैयाँबराबरको दुई करोड २० लाख ३१ हजार ८६१ कित्ता सेयर खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।
गएको बुधबार आठ अर्ब ५८ करोड ६० रुपैयाँबराबरको दुई करोड सात लाख ५९ हजार ५४७ कित्ता सेयर कारोबार भएको थियो ।
सोमबार ११५ कम्पनीको सेयर मूल्य बढेको छ । १३३ कम्पनीको सेयर मूल्य घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कारोबारमा आएका १३ मध्ये ६ वटाको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको नेप्सेले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२ १५:४७
प्रतिक्रिया दिनुहोस्