site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
डा. भण्डारी अमेरिकी मामिला आयोगको आयुक्तमा पुनः नियुक्त

काठमाडौं । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा बस्दै आएका अमेरिकी नागरिक डा. विशाल भण्डारीलाई ‘गभर्नरको दक्षिण एसियाली अमेरिकी मामिला आयोग’को आयुक्तमा पुनः नियुक्त गरिएको छ  ।

उनलाई मेरिल्यान्ड राज्यका गभर्नर वेस मुरले पुनः चार वर्षका लागि नियुक्त गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नियुक्तिपछि डा. भण्डारीले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै भनेका छन्, “यो सम्मान पाउँदा म अत्यन्त आभारी छु । प्रतिनिधित्वको महत्व बुझ्ने मेरो दृढ विश्वासका साथ मैले यो अवसरलाई जिम्मेवारीका साथ लिने छु । म गभर्नर मुर र मिलर प्रशासनप्रति आभार प्रकट गर्न चाहन्छु ।”

गभर्नरको कार्यालय र अन्य आयुक्तहरुप्रति उनले सहकार्यको भावना व्यक्त गरेका छन् ।
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्