site stats
बाह्रखरी :: Baahrakhari
खेल
हङकङ र लाओसविरुद्ध खेल्ने फुटबल टोलीको बिदाइ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बिदाइ गरिएको छ । सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले एक कार्यक्रमको आयोजना गरी हङकङ र लाओस जाने राष्ट्रिय पुरुष फुटबल टिमलाई बिदाइ गरेको हो । 

नेपाली राष्ट्रिय फुटबल टिम आसन्न मैत्रीपूर्ण खेलका निम्ति हङकङ र एएफसी एसियन कप छनोटको निम्ति लाओस जान लागेका हुन् । नेपालले आगामी जुन ५ मा हङकङसँग मैत्रीपूर्ण खेल र जुन १० मा लाओससँग एसियन कपको छनोट खेल खेल्नेछ ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिदाइ गरिएको २३ सदस्यीय टोलीमा किरण चेम्जोङ, विशाल सुनार, दिप कार्की, अभिषेक लिम्बू, अनन्त तामाङ, अञ्जन विष्ट, आरिक विष्ट, आयुष घलान, विमल पाण्डे, जिलेस्पीजंग कार्की, कृतिसरत्न छुँजु, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, मनीष डांगी, रोहित चन्द, सनिश श्रेष्ठ, रोहन कार्की, सुमन श्रेष्ठ, श्रीजन राज गौतम, सुमन श्रेष्ठ, सुबास ठकुरी बम र योगेश गुरुङ छन् । त्यसैगरी टोलीको प्रशिक्षकमा म्याट रोस छन् । 

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:३२
प्रतिक्रिया दिनुहोस्