site stats
बाह्रखरी :: Baahrakhari
देश
यातायात बन्दपछि पोखरा विश्वविद्यालयले सुरु गर्‍यो ‘अनलाइन क्लास’

काठमाडौं । सार्वजनिक यातायात बन्द भएपछि पोखरा विश्वविद्यालयले अनलाइन माध्यमबाट पढाउन सुरु गर्ने भएको छ । गण्डकी प्रदेश राइड सेयरिङ नियमावलीविरुद्ध यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि विश्वविद्यालयले अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्ने भएको हो ।

देशभर सार्वजनिक सवारीसाधनको आवागमन प्रभावित भएको र विद्यार्थी, शिक्षक र कर्मचारीको नियमित उपस्थितिमा समस्या उत्पन्न भएकाले पठनपाठन अवरुद्ध भएको विश्वविद्यालयले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विश्वविद्यालयका रजिस्ट्रार सहप्रा.डा. अजय थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “समस्या समाधान भई सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालनमा नआएसम्म विश्वविद्यालयका आंगिक, संयुक्त आंगिक र सम्बन्धनप्राप्त स्कुल, क्याम्पस तथा महाविद्यालयहरूमा कक्षा तथा कार्यक्रमहरू अनलाइन माध्यमबाट यथासम्भव नियमित रूपमा सञ्चालन गर्न अनुरोध गर्दछौँ  ।” 

यस सम्बन्धमा आवश्यक समन्वय र कार्यान्वयनका लागि सबै पक्षबाट सहयोगको अपेक्षा रहेको थापाले उल्लेख गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्