site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्री कानुन बुझेको व्यक्ति हो, नैतिकता देखाएर राजीनामा दिनुपर्छ : सांसद बेलबासे

काठमाडौं । नेकपा (मा‌ओवादी केन्द्र)की राष्ट्रियसभा सांसद गंगाकुमारी बेलबासेले निष्पक्ष छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने बताएकी छन् । मंगलबार राष्ट्रियसभाको आकस्मिक समयमा सांसद बेलबासेले गृहमन्त्री लेखक बौद्धिक, शालीन र कानुन बुझेको व्यक्ति भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताइन् ।

"गृहमन्त्री रमेश लेखकले निष्पक्ष छानबिन गर्नका लागि नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गर्दछु । प्रतिनिधिसभा अवरुद्ध छ, राष्ट्रियसभामा आफ्नो माग राख्दै सदन सुचारु गराउने हाम्रो प्रतिबद्धता रहेको जानकारी गराउन चाहन्छु," उनले भनिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गृहमन्त्री लेखकले भ्रष्टाचारीलाई पक्षपोषण गरिरहेको उनको आरोप छ । उनले गृहमन्त्रीले विगतमा पनि आरोप लागेपछि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताउने गरेकाले पनि अहिले आफैँमाथि लागेको आरोपको छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने बताइन् ।

"गृहमन्त्रीले तीर्थराज भट्टराईलाई अध्यागमन प्रमुख बनाउनु, छानबिनमा तानिनु एक दिनअघि मन्त्रालयमा फिर्ता बोलाउनु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानलाई प्रभाव पार्ने गरी सरुवा गर्नु, छानबिनमा खटिएका कार्यरत अख्तियारमा कार्यरत डीआईजी हिमालकुमार श्रेष्ठलाई एकाएक सरुवा गर्नु र निष्पक्ष अनुसन्धान गर्न सघाउनुको सट्टा अनुसन्धान प्रक्रियालाई प्रभाव पार्ने गरी बिहान सरुवा गर्ने र दबाबका कारण बेलुका फिर्ता बोलाउनेजस्ता कामहरू उहाँले गरिरहनुभएको छ । यो सरासर भ्रष्टाचार हो," उनले भने ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्