-1749010126.jpg)
नेपालमा चार्टर्ड एकाउन्टेन्सी (सीए) अध्ययन एक आकर्षक तथा प्रतिष्ठित शैक्षिक विकल्पका रूपमा स्थापित हुँदै छ । उत्कृष्ट करिअर अवसर र उच्च आम्दानीका सम्भावनाका कारण विद्यार्थीको आकर्षण बढ्दो छ ।
विगतमा सीए अध्ययन गर्न विदेश जानुपर्ने बाध्यता थियो । हाल नेपालमै पनि सीए अध्ययन गराउने शैक्षिक संस्थाको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ । यद्यपि, यसको अध्ययनमा अपेक्षाकृत उच्च लगानी र परिश्रम आवश्यक पर्छ ।
नेपालमा सीएको सम्भावना र चुनौतीका विषयमा प्राइम चार्टर्ड एकेडेमीका अध्यक्ष तथा चार्टर्ड एकाउन्टेन्ट नवराज बुर्लाकोटीसँग गरिएको विशेष कुराकानी :
–भर्खरै कक्षा १२को परीक्षा सकिएको छ, नेपालमा पछिल्लो समय चार्टड एकाउन्टेट (सीए) पढ्ने लहर पनि चलेको छ । सीए पढ्न के–कस्ता ‘क्राइटेरिया’ छन् ?
सीए भनेको ‘प्रोफेसनल कोर्स’ हो । यसलाई लेखा क्षेत्रका विज्ञको रूपमा लिइन्छ । आर्थिक जगत्को विज्ञको रूपमा लिइन्छ । सीए पढ्न १२ कक्षा व्यवस्थापन पढेको हुनुपर्छ भन्ने पनि छैन ।
जुनसुकै संकायबाट १२ कक्षाको परीक्षा पास गरेकाले पढ्न सक्छन् । तर, पढ्न चाहनेले परिणाम नआउँदै सुरु गर्नुपर्ने हुन्छ । तर, परिणाम आउँदा पास भएको हुनुपर्छ । कसैले १२ कक्षाको परीक्षा दिएको छ भने अहिले सीए पढ्न रजिस्ट्रेसनको बेला हो । जुन १० सम्ममा रजिस्ट्रेसन गर्नुपर्छ ।
–सीए पढ्न गाह्रो छ भन्छन् । यसको कोर्स साँच्चै गाह्रो हो ? कोर्स कति वर्षमा सकिन्छ ?
सजिलो र गाह्रो त आफ्नो रुचिका कुरा हुन् । आफ्नो रुचि के हो ? त्यसमै निर्भर गर्छ । अर्को भनेको ‘पर्सेप्सन’को पनि हो । मेडिसिन र इन्जिनियरिङ पढ्न पनि त्यति सजिलो छैन । नाम निकाल्दैमा वर्षौं जान्छ । सीए कोर्स १२ कक्षापछि जम्मा पाँच वर्षको हुन्छ ।
पहिलो लेभललाई ‘फाउन्डेसन’ भनिन्छ । अहिले सीए कोर्स परिवर्तन भएको छ । नेपालको कोर्स भर्खरै मात्रै इन्टरनेसनल एजुकेसन स्ट्यान्डरअनुसारको भएको छ । उक्त कोर्स नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले प्रकाशित गरिसकेको छ ।
फाउन्डेसनलाई पहिला ‘क्याप वान लेभल’ भनिन्थ्यो । सीए प्रोफेसनल लेभल वान फाउन्डेसन लेभल हो । यो ६ महिनाको हुन्छ । १२ को परीक्षा दिएर बसेका विद्यार्थीले सुरु गर्ने हो भने परीक्षाको परिणाम आउँदासम्ममा ‘फाउन्डेसन लेभल’को परीक्षा दिने बेला भइसकेको हुन्छ ।
त्यस्तै, अर्को सेकेन्ड लेभल, एप्लिकेसन लेभल हो । सेकेन्ड लेभल नौ महिनाको हुन्छ र त्यसपछिको लेभलचाहिँ एड्भाइजरी लेभल भनिन्छ । यो नयाँ कोर्स परिवर्तन भएपछिको नाम हो । यो तीन वर्षको हुन्छ । यो सबै कोर्स पूरा गर्न चार वर्ष तीन महिना लाग्छ ।
नतिजा प्रकाशनलगायत अन्य कारणले पाँच वर्षको कोर्स भनिएको हो । सीएमा पढ्नुपर्ने विषयवस्तु अलि धेरै र समय छोटो हुँदा गाह्रो हुने नै भयो । यसका केही ‘पासिङ क्राइटेरिया’ पनि छन् । यदि त्यो ‘क्राइटेरिया’मध्ये कुनै एउटा ‘क्राइटेरिया’ पूरा भएन भने फेरि परीक्षा दिनुपर्ने हुन्छ । कोर्स चेन्ज भइसकेपछि एप्लिकेसन र एडभाइजरी लेभलमा केही सहज भएको छ ।
पढ्नुपर्ने विषयवस्तुको हिसाबले कानुन, व्यापार र करको विषय जान्नै पर्यो । विश्व परिवेशमा के भइरहेको छ भन्ने कुरा पनि जान्नुपर्छ । विश्व बजारमा आफूलाई ‘फिट’ हुनेगरी पढ्नुपर्छ । पढ्दा सबैभन्दा पहिला त विषयवस्तु बुझ्ने हो । त्यसपछि ‘मेमोराइज’ गर्ने र परीक्षामा लेख्ने नै हो । यसलाई पहिलो दोस्रो र तेस्रो चरण पनि भनिन्छ । पढाइ भन्ने कुरा सजिलो विषय पनि होइन ।
–प्लस टु सकेपछि धेरै विदेशी विश्वविद्यालयमा गएर पढिरहेको देखिन्छ, उनीहरू यहाँ आएर मेला गरेरै विद्यार्थी लिएर जान्छन् । हाम्रोमा राम्रो पढाइ नहुने हो ?
नेपालमा पनि राम्रो पढाइ हुन्छ । हामी जुन अर्थतन्त्रमा बसेर काम गर्ने हो त्यही पढ्दा सजिलो हो । जस्तैः म भारतमा बस्ने हो भने त्यहाँको राम्रो हो । बेलायतमा बस्ने भने त्यहीँको कोर्स राम्रो हो । पढाइका सिद्धान्तहरू केही ‘कमन’ छन् ।
हामी नेपालमा जुन सिद्धान्त पढ्छौँ, युएसमा अथवा बेलायत अथवा भारतमा त्यही पढ्छौँ । अरू देशमा त्यहाँको कानुनअनुसारका करलगायत कुरा मात्रै फरक हो । अमेरिकामा तलब खर्च लेखिन्छ । भारतमा पनि तलब खर्च लेखिन्छ र नेपालमा पनि त्यही नै हो । मुख्य कुरा यहाँको कर क्याल्कुलेसनको हो ।
भारतमा भारतीय कानुनअनुसारको हुने भयो भने अमेरिकामा अमेरिकी कानुनअनुसारको । यस्ता विषय मात्रै फरक हुन् । हामी जहाँको अर्थतन्त्रमा बसेर काम गर्ने हो, त्यहीँको अर्थतन्त्रको विषय पढ्नु राम्रो हुन्छ ।
नेपालमा १९९७ मा चार्टर्ड एकाउन्टेन्सी एक्ट आयो । त्यसपछि मात्रै इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टस अफ नेपाल (आईक्यान) स्थापना भयो । त्यसअघि भारत वा अन्य देश गएर पढ्नुपर्थ्यो । चार्टड एकाउन्टेन्सी प्रोफेसनल कोर्स हो ।
नेपालको सन्दर्भमा नेपालमै पढ्नु निकै राम्रो मानिन्छ । यसको कोर्स अन्तर्राष्ट्रियस्तरको छ कि छैन भन्ने कुनै चिन्ता लिनुपर्दैन । यो समयसँगै ‘अपग्रेड’ हुँदै आएको हो । नयाँ कोर्स आएको छ । नयाँ कोर्स इन्टरनेसनल एजुकेसन स्ट्यान्डर्डअनुसार जारी गरिएको छ । नेपालको कोर्स एउटा ‘एकाउन्टिङ ग्लोबल प्रोफेसन’ भएको छ ।
ग्लोबल सिटिजनको हिसाबमा विकास गर्न के पढाउनुपर्छ सोहीअनुसार इन्टरनेसनल फेडरेसन अफ एकाउन्ट्सले कोर्स बनाउने गरेको छ । यो संसारका लेखासँग सम्बन्धित व्यक्तिहरूको संस्थासमेत हो ।
इन्टरनेसनल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डड्र्सले नेपालको सन्दर्भमा यसलाई नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डड्र्स (एनएफआरएस) नेपालको इकोनोमीसँग मिल्दो बनाएको छ । त्यसकारण नेपालको कोर्स पनि इन्टरनेसनल स्ट्यान्डर्डसअनुसारकै छ ।
नेपालमै पढाइ हुँदा यहाँको कानुनको पनि जानकारी हुन्छ । त्यसकारण नेपालमै पढ्नु निकै राम्रो हुन्छ । नेपालमै सीए गरेर विश्व बजारमा जानेहरूले पनि निकै राम्रो गरिरहनुभएको छ ।
–भर्खर कक्षा १२ को परीक्षा दिएर बसेका भाइ–बहिनीहरूलाई सीए पढ्न मन छ । तर, कहाँ गएर कसरी पढ्ने भन्ने जानकारी छैन, उनीहरूले अब के गर्ने ?
सबैभन्दा पहिला त यसबारे धेरैभन्दा धेरै जानकारी लिनुपर्यो । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको वेबसाइट भिजिट गर्दा धेरै जानकारी पाइन्छ । आईक्यानले भर्ना लिने र परीक्षा लिएर नतिजा प्रकाशित गर्ने काम गर्छ । तर, उसले पढाउने होइन ।
–सीए पढ्न कहाँ जाने त ?
त्यसका लागि प्राइम सीए एउटा राम्रो विकल्प छँदै छ । प्राइम २१ वर्षमा ११ सय बढी सीए उत्पादन गर्ने संस्था हो । म यस संस्थाको अध्यक्ष भएका हिसाबले पनि विश्वस्त तवरले भन्न सक्छु, प्राइम सीएको मुख्य लक्ष्य भनेकै सीए पढ्न चाहनेलाई सहयोग गर्ने भन्ने हो ।
विद्यार्थीलाई शिक्षित गर्ने हो । पढ्ने सामग्री दिने हो र उनीहरूको बुझाइको तह बढाउने हो । त्यसका लागि प्राइम सीएमा भिजिट गर्न सक्नुहुन्छ । वा यसका वेबसाइटले पनि निकै सजिलो बनाइदिएको छ । त्यसमा धेरै जानकारी र नम्बरसमेत छ । प्राइम सीएको शाखा बानेश्वर, लगनखेल र सुकेधारामा समेत छ ।
विद्यार्थीले कार्यालय भिजिट गर्दा धेरै जानकारी पनि लिन सक्नुहुन्छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीका लागि अहिले सीएको भर्ना समयसमेत हो । अघिल्ला वर्षहरूमा मे ३१ सम्म रहने भर्ना अवधि यो वर्ष जुन १० सम्म सारिएको छ ।
१२ को परीक्षा ढिला भएका कारण सीए भर्ना समय पनि सारिएको हो । १० जुनसम्म नेपाल चार्टर्ड एकाउन्ट संस्थामा दर्ता गरेका विद्यार्थीले डिसेम्बरमा पहिलो क्यापको परीक्षा दिन पाउँछन् ।
–सीए पढ्दा पाँच वर्षको अवधिमा विद्यार्थीले कति पैसा तिर्नुपर्छ ?
वास्तवमा चार्टर्ड एकाउन्टेन्सी कोर्स प्रोफेसनल कोर्समध्येको सबैभन्दा सस्तो कोर्स हो । यसलाई हामी ‘कस्टलेस कोर्स’ पनि भन्छौँ । यस कोर्सको जम्मा खर्च नेपाल चार्टर्ड एकाउन्ट संस्थामा रजिस्ट्रेसन, परीक्षा शुल्क सबैगरी ५–६ लाख रुपैयाँमा सकिन्छ ।
हामी सीएसँगै त्रिभुवन विश्वविद्यालयको स्नातक तहको कोर्स पनि पढाउँछौँ । त्रिविकै अन्य कोर्स सक्न पाँचदेखि छ लाख रुपैयाँ लाग्छ । त्यो हुँदा यो निकै सस्तो कोर्स हो ।
सीएको पहिलो फाउन्डेसन लेभल ६ महिनाको हुन्छ र दोस्रो लेभल एप्लिकसन नौ महिनाको हो । यसमा पढ्ने र परीक्षा दिने मात्रै काम हुन्छ । सीएको एड्भाइजरी लेभलमा पुग्छौँ भने त्यतिबेला आर्टिकल सिप पनि गर्नुपर्ने हुन्छ । यसमा कमाइ पनि हुन्छ ।
विद्यार्थीलाई हामीले अवस्था हरेर प्राइम सीएमा छात्रवृत्तिको व्यवस्था गरेका छौँ ।
प्राइममा प्राप्त अंकअनुसार छात्रवृत्ति परीक्षा हुन्छ । कुनै पनि विद्यार्थी मिहिनेती छ, तर उसको आर्थिक अवस्था पढ्न सक्ने छैन भने शतप्रतिशत छात्रवृत्तिको व्यवस्थासमेत गरेका छौँ । वर्षमा ४० देखि ५० जनालाई छात्रवृत्ति प्रदान गर्छौं ।
त्यसकारण एक त यो कोर्स आफैँमा महँगो छैन । अर्कोचाहिँ आफ्नो प्राप्तांकअनुसार पाउने छात्रवृत्ति छँदै छ फेरि ‘निडी क्याटगोरी’मा हो भने त्यसको पनि छुट्टै व्यवस्था गरिएको छ । त्यो हिसाबले हेर्दा लागतको हिसाबले त्यति सोच्नुपर्ने विषय होइन । यसमा विद्यार्थीको मिहिनेत नै सबैभन्दा ठूलो कुरा हो ।
–सीए पढ्न ‘स्कोर’ यति आउनुपर्छ भन्ने कुनै मापदण्ड ?
यसका लागि कक्षा १२ पास भएको र जीपीए २ आएको हुनुपर्छ । अर्थात् विद्यार्थी पास भएको अवस्थामा पढ्न पाउँछ । व्यवस्थापन मात्रै पढेको हुनुपर्छ भन्ने छैन । जुनसुकै विषय लिएर पढेको भए पनि पढ्न पाउँछ । विज्ञान, व्यवस्थापन र मानविकी सबैले पढ्न पाइन्छ ।
त्यसकारण यो एकदम सजिलो पहुँच भएको व्यावसायिक कोर्स हो । जसले मुलुकको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ ।
–प्राइम सीएको कुरा गर्दा यसको इतिहासतर्फ पनि जान्न मन लाग्यो । यसको सुरुवाती दिन कस्ता थिए ?
सुरुवाती समयमा नेपालमा चार्टर्ड एकाउन्टेन्सी कोर्स थिएन । त्यसकारण मैले भारतबाट सीए गरेर आएँ । नेपालमा चार्टर्ड एकाउन्टेन्ट संस्था पनि भर्खरै स्थापना भएको थियो । नेपालमा पढ्न चाहनेहरूले यहाँ पढ्ने अवस्था थिएन । पढ्न पाउने कुनै साधन पनि थिएन ।
त्यसपछि हामीले सीएको तीनवटा तहको कक्षा सञ्चालन गर्ने गरी स्थापना भएको नेपालको पहिलो संस्था प्राइम सीए हो । त्यसबेला अरू संस्थाहरू थिए । धेरैले अगाडि चार्टर्ड राखेर संस्था सुरु गर्नुभएको थियो । सुरुमा प्राइम चार्टर्ड थियो । पछि एकजना साथीले दिएको सुझावका आधारमा प्राइम सीए राखिएको हो ।
सन् २००४ मा सुरु गर्दा ३२ जना विद्यार्थी थिए । पछि विस्तारै १२०, ३५०, ५६४ हुँदै नेपालकै नम्बर वान संस्था भएका छौँ । ‘नम्बर वान इन टम्र्स अफ क्वालिटी, इन टम्र्स अफ स्टुडेन्ट फ्रेन्डली एन्ड इन टर्म्स अफ रिजल्ट’ सबै हिसाबले हामी पहिलो नम्बरमा हो ।
हामी २१औँ वर्षमा प्रवेश गर्यौँ । यहाँसम्म आइपुग्दा ११ सयभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट भइसक्नुभएको छ । यो असाध्यै गर्वको कुरा हो । म जहाँ पुग्छु त्यहाँ कुनै न कुनै विद्यार्थी भेटिन्छ । कोही सीए बन्न सक्नुभएको छैन कुनै परिवेशले दिएन भने पनि उहाँहरूले राम्रो गरिराख्नुभएको देखिन्छ ।
उहाँहरूले पनि एकदम सम्मानजनक रूपमा हेर्नुहुन्छ, त्यसले मलाई ऊर्जा पनि मिलिराखेको छ ।
मूल्यको सन्दर्भमा पनि हामी कसैलाई बढी र कसैलाई कम गर्दैनौँ । सबैलाई समान रेट राखेका छौँ । प्राइम सीए संस्थागत रूपमा चलेको संस्था हो ।
हामीले नेपालको अर्थतन्त्रमा फरक हिसाबले सोचेर नेतृत्व गर्नपर्छ, ज्ञानलाई सीपमा लैजानुपर्छ भन्ने सोचेर अगाडि राखेका छौँ । जसका लागि ज्ञानलाई सीपमा बदल्ने, सीपलाई उद्यमशीलता र उद्यमशीलताबाट रोजगारी सिर्जना गर्ने हिसाबले सोचेका छौँ ।
त्यहीअनुरूपको सोचमा अघि बढ्दै हामीले बिग इन्डस्ट्रिज भन्ने कम्पनी स्थापना गरेका छौँ । त्यसैमा प्राइम सीएलाई एउटा एजुकेसन एन्ड रिसर्च सेन्टरका हिसाबले नीति निर्माण गर्ने अथवा बहस गर्ने थलोको रूपमा पनि हामी विकास गर्दै छौँ ।
–पछिल्लो समय हाम्रो देशको अर्थतन्त्र ‘ग्रे लिस्ट’मा परेको छ । दक्ष जनशक्ति बाहिरिन थालेका छन् । तपाईंले पढाएका सीएहरूलाई विदेश जान कसरी रोक्ने ?
नेपालमा पछिल्लो समय विदेशिने वातावरण बनेको छ । ठूलो जनशक्ति हामीले देशमै बस्ने वातावरण बनाउन सकिरहेको छैनौँ । हामी कहाँ चुक्यौँ ? एउटा संस्थाको हिसाबले हामीले एक्लो व्यक्तिले मात्रै प्रयास गरेर हुँदैन, राज्यले नै त्यसप्रति चासो दिनुपर्छ । अर्थतन्त्र एउटा पार्ट हो ।
नीतिमध्येको मूल नीति भनेको राजनीति हो । जबसम्म राजनीति स्थिर हुँदैन र राजनीतिक नेतृत्वमा एउटा भिजन हुन्न तबसम्म समस्या समाधान हुँदैन ।
राम्रो भिजन र नियत राख्ने, उच्च सोच भएको नेतृत्वको पर्खाईमा देश रहेको छ जस्तो लाग्छ । जुन दिन त्यो भिजन क्लियर हुन्छ र त्यो नेतृत्व आइपुग्छ, त्यो बेला देश बनाउन धेरै समय लाग्दैन ।
आजसम्म केही भएन भन्ने कुरा पनि होइन, धेरै काम भएका छन् ।
हामी १८ घण्टाको लोडसेडिङबाट भारत र बंगलादेशमा विद्युत् निर्यातको अवस्थामा आइसकेका छौँ । हिजोको सडकहरूको कति किलोमिटर थियो आज कति छ ? ढिलो भयो होला, विकास नभएको भन्न मिल्दैन ।
यस्तै, हाम्रो कर्मचारीतन्त्रको पनि प्रशासनिक पुनर्संरचना हुनुपर्छ । त्यो नहँुदासम्म र नयाँ नेतृत्वको उदय नहुन्जेलसम्म मुलुकमा नैराश्यता बढेको हो । विकसित मुलुकहरूलाई हेरेर नेपाललाई तुलना गर्नुभएन । उनीहरू २०० वर्ष लगाएर विकास भएका छन् ।
त्यसमा नेपालको तुलना गरेर हुँदैन । विदेशको विकास हेरेर सुखको खोजीमा देशै छाडिदिने, परिवारै छाडिदिने र समाज नै छाडिदिने गरेको देखिन्छ । यसमा नागरिक पनि त गैरजिम्मेवार भएका छन् । मैले मेरो देशको विकासका लागि के गरेँ त नि भनेर सबैले एकफेर सोच्नुपर्छ ।
–नेपालको व्यावसायिक शिक्षा प्रणाली भएन भन्ने कुरा पनि आइरहेका छन् । सीएको कोर्समा त त्यो लागु हुँदैन होला हैन ?
सीए व्यावसायिक विषयको कोर्स हो । नेपालको शिक्षा प्रणालीमा केही व्यावसायिक छन्, तर सबै होइन । हामीकहाँ धेरै हल्लाको पछाडि लाग्ने चलन छ । मेडिकल शिक्षा यस्तै कारणले ध्वस्त भयो । नत्र नेपालको मेडिकल शिक्षा असाध्यै राम्रो थियो । नेपाललाई वास्तवमा मेडिकल कलेजहरूको ‘हब’ बनाउन सकिन्थ्यो ।
नेपालको सीए कोर्स पनि निकै राम्रो छ । हिजो जम्मा आठ/दशजना विद्यार्थीले पढ्न सुरु गरेको संस्थाबाट आज २ हजार/२२ सयजना संस्थाका सदस्य छन् । पढ्नुभन्दा पहिला हामी ‘एएसके’ भन्छौँ । ‘आस्क थ्यौरी’ भन्ने छ ।
त्यो मलाई मन परेको विषय भएर मैले यहाँ प्रसंगमा जोडेँ । यसको अर्थ पहिला ज्ञान होइन ।
ज्ञान त तेस्रो नम्बरमा आउँछ । एएसके अर्थात् ‘के फर नलेज’ पहिलो नम्बरमा आउँछ । ‘ए एटिच्युड इज द एटिच्युड’ सकारात्मक सोचको हुनुपर्यो । त्यसपछि सीप भएको व्यक्ति हुनुपर्यो । अनि तेस्रोचाहिँ नलेज त्यो चिजलाई त्यो उसको ‘एटिच्युड’ अथवा ‘स्किल’लाई सपोर्ट गर्ने नलेज भइदियो भने राम्रो बन्ने हो ।
‘नलेज’ छ तर एटिच्युड पनि छैन, स्किल पनि छैन भने त्यो काम लाग्दैन । हामीले यहाँ केमा मात्रै फोकस गर्यौँ भने खालि नलेजमा हाम्रो एजुकेसन सिस्टममा कथा पढेजस्तो मार्कसिटमा हामीले खोज्न थाल्यौँ, विद्यार्थीको ट्यालेन्ट त्यसमा होइन ।
यो त फिल्डमा खोज्नुपर्छ । यसका लागि ‘इन्टर्नसिप’ गराउनुपर्छ ।
‘लर्न एन्ड अर्न मोडालिटी’मा जानुपर्छ, बोलेर मात्रै भएन गरेर देखाउनुपर्छ भनेर प्राइम सीएले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर अर्को संस्थामार्फत बीबीएम, बीसीए, एमबीएस र बीबीएस कोर्सहरू गराइराखेका छौँ ।
सीए पढ्ने विद्यार्थीले आफैँ इन्टर्नसिप गरिहाल्छन् सीएको एडभाइजरी लेभलमा पुगेपछि उहाँहरूका लागि ती कोर्स गर्न जरुरी छैन ।
बीबीएम बीसीएका विद्यार्थीलाई चाहिँ ‘विथ इन्टर्नसिप रेडी टु वर्क’ बनाउने भन्ने हिसाबले अगाडि बढेका छौँ । त्यसै क्रममा हामीसँग लर्निङ सेन्टरको रूपमा प्राइम सीए हुनेछ भने उनीहरूलाई इन्टर्न गर्ने र त्यो त्यसलाई अभ्यास अगाडि बढाउने सेन्टरको रूपमा बिग इन्डस्ट्रिज स्थापना गरेका छौँ ।
बिग इन्डस्ट्रिजले अन्य इन्डस्ट्री स्थापना गर्दै नेपाली आउट रिसोर्सेसहरूलाई कन्सोलिडेट र भ्यालु एडिसन गर्दै आयात प्रतिस्थापन गर्ने अथवा निर्यात गर्ने खालको काम गर्न पाइलट फेजका काम भइरहेका छन् ।
–कसैले सीए पढ्न नसकेर बीचैमा छोडे अथवा निरन्तरता दिन सकेनन् भने उनीहरूको भविष्य के हुन्छ ? फेरि उनीहरूले ब्याचलरबाट पढ्नुपर्छ ?
त्यस्तो परिस्थिति नआओस् भन्न प्राइम सीएमा अध्ययन गर्ने विद्यार्थीलाई त्रिभुवन विश्वविद्यालयको बीबीएस पनि सँग गइराख्या हुन्छौँ । यदि कसैको परिस्थिति चेन्ज भयो पढ्न सकिन अथवा अन्य केही कारणले गर्दा सीए कोर्स पूरा गर्नुसक्नुभएन भने पनि उहाँको हातमा बीबीएसको सर्टिफिकेट हुनेछ ।
आज २१औँ वर्षमा आइपुग्दा ११ सयभन्दा बढी विद्यार्थी चाटर्ड एकाउन्ट भए । २१औँ वर्ष आफैँमा सानो समय होइन । प्राइम सीएमा गुणस्तर छ । १२ कक्षाको परीक्षा दिएर बसिरहनुभएका विद्यार्थी भाइबहिनीका मनमा केही द्विविधा हुन सक्छन् ।
चार्टर्ड एकाउन्टेन्सी असाध्यै राम्रो कोर्स हो । आफूले पढ्न मिहिनेत त गर्नै पर्यो । चाहे सीए पढ्नुस् अथवा अरू नै विषय, मेरोचाहिँ यो अभिभावक वर्गहरू लागि पनि एउटा अनुरोध हो । हामी पढ्छौँ अथवा अरू केही काम गर्छौं जे गरे पनि मैले सधैँ भन्ने गरेको छु, दुईवटा ‘ख’ । एउटा ‘खट्न सक्ने र अर्को खट्ने ।’