site stats
बाह्रखरी :: Baahrakhari
देश
झापामा करेन्ट लागेर आठजना घाइते
प्रतीकात्मक तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झापा । कनकाई नगरपालिका–२ मा करेन्ट लाग्दा शुक्रबार आठजना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हात्ती छेक्न लगाइएको तारबाट करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन् । 

स्थानीय फरकबहादुर बस्नेतको करेसाबारीमा बोडी टिप्न जाँदा उनीहरूलाई करेन्ट लागेको थियो । घाइते हुनेहरूमा कनकाईका ४४ वर्षीय तुलाराम कार्की, २२ वर्षीया लक्ष्मी चौहान, ३५ वर्षीय गोपाल बस्नेत, ५८ वर्षीया डम्बरकुमारी बस्नेत, ६४ वर्षीय फरकबहादुर बस्नेत, २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की र १८ वर्षीय सलिन कार्की रहेका छन् । 

घाइतेहरूको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको र सबैजनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  २२:३४
प्रतिक्रिया दिनुहोस्