
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले यसको आफ्नै भवन निर्माणका निम्ति जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । बोर्डको ३३औँ वार्षिकोत्सवका अवसरमा आइतबार (जेठ २५) काठमाडौंमा आयोजित कार्यक्रममा उनले चाँडै भवन निर्माण कार्य सुरु हुने बताए ।
सेबोन विगत केही समयदेखि भाडाको भवनबाट सञ्चालित छ । “हामीले आवश्यक प्रक्रिया पूरा गर्दै जग्गा खरिदलाई अन्तिम चरणमा पुर्याएका छौँ । अब चाँडै नै भवन निर्माण कार्य सुरु हुनेछ,” अध्यक्ष श्रेष्ठले भने ।
श्रेष्ठले भवन निर्माणसँगै कर्मचारीको क्षमता विकास, जिम्मेवारी पुनर्वितरण र उत्प्रेरणाको व्यवस्था पनि गरिने बताए ।
नेपालको पुँजी बजारको नियमन र विकासमा सेबोनको स्थायित्व र पूर्वाधार सुदृढीकरणले नयाँ गति थप्ने श्रेष्ठको विश्वास छ ।