site stats
बाह्रखरी :: Baahrakhari
विदेश
लस एन्जलसमा अवैध आप्रवासीमाथि छापा मारेपछि भड्कियो हिंसा (तस्बिरहरू)
तस्बिरहरू : एपी र रोयटर्स ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि छापा मार्ने कार्यविरोधी प्रदर्शन नियन्त्रण गर्न क्यालिफोर्निया राज्यको लस एन्जलसमा दुई हजार नेसनल गार्ड तैनाथ गरेका छन् । राष्ट्रपति ट्रम्पका सीमा नीति प्रमुख टोम होमानले शनिबार लस एन्जलसलाई सुरक्षित बनाउन यो कार्य गरिएको फक्स न्युजलाई बताए ।

लस एन्जलसमा अवैध आप्रवासीमाथि छापा मारिएपछि सहरमा शनिबार दोस्रो दिनसम्म अशान्ति जारी रह्यो । ल्याटिनो बहुल इलाकाका बासिन्दाले अध्यागमन तथा भन्सार कर कार्यान्वयन एजेन्सी (आइसीई)का संघीय अधिकारीसँग झगडा गरेका थिए । प्यारामाउन्ट जिल्लामा भीडलाई तितरबितर पार्न अश्रुग्यास र लाठी प्रयोग गरिएको थियो ।

u1-1749360905.jpg
आईसीईको अभियानका कारण यो हप्ता लस एन्जलसमा ११८ जनालाई पक्राउ गरिएको छ । शुक्रबार मात्र ४४ जनालाई पक्राउ गरिएको हो । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युजमले यी छापामार कार्यलाई निर्दयी भन्दै निन्दा गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गभर्नरका प्रवक्ताले सीबीएस न्युजलाई न्युजमले शनिबार ट्रम्पलाई फोन गरेको र उनीहरूबीच ४० मिनेट कुराकानी भएको बताए । तर, उक्त वार्ताका बारेमा तत्काल अरू विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ ।

प्यारामाउन्टमा हाल स्थिति केही शान्त छ । तर, प्रदर्शनकारी र कानुन कार्यान्वयन एजेन्सीबीच तनाव जारी रहेको जनाइएको छ ।

होम डिपोबाहिर – जहाँ प्रदर्शन सुरु भएको थियो, त्यहाँ अश्रुग्यास र धुवाँले भरिएको छ ।

u2-1749360939.jpg
स्थानीय व्यावसायिक भवनभित्र प्रदर्शनकारी र बासिन्दाले आप्रवासी लुकेर बसेका बताएका छन् । प्यारामाउन्टको जनसंख्या ८० प्रतिशतभन्दा बढी हिस्पानिक छ ।

ह्वाइट हाउसले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, “हालैका दिनहरूमा हिंसात्मक भीडले क्यालिफोर्नियाको लस एन्जलसमा आईसीई अधिकारीहरू र संघीय कानुन प्रवर्तन एजेन्टहरूलाई निर्वासन अभियान चलाउँदा आक्रमण गरेका छन् ।”

सामाजिक सञ्जाल एक्समार्फत एफबीआई उपनिर्देशक ड्यान बोन्गिनोले प्रदर्शनकारीलाई चेतावनी दिँदै भनेका छन्, “तपाईंहरूले अराजकता बढाउनुभयो भने हामी हतकडी ल्याउनेछौँ । कानुन र व्यवस्था विजयी हुनेछ ।” उनले यो अभियानमा बाधा पुर्‍याएको आरोपमा धेरैजनालाई पक्राउ गरिएको बताए ।

u3-1749360954.jpg
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले एक्समा लेखेका छन्, “हामी लस एन्जलसमा संघीय कानुन कार्यन्वयनलाई समर्थन गर्न तुरुन्त नेसनल गार्ड तैनाथ गर्दै छौँ ।” 

उनले थपे, “हिंसा जारी रहेमा क्याम्प पेन्डलटनमा तैनाथ मरिन सैनिकहरू पनि तैनाथ गरिनेछन् । उनीहरू उच्च सतर्कतामा छन् ।”

थप तस्बिर हेर्नोस्–

u11-1749360997.jpg

u8-1749360995.jpg

u9-1749360996.jpg

u10-1749360996.jpg

u6-1749360995.jpg

u7-1749360995.jpg

u4-1749360994.jpg

u5-1749360994.jpg

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्