site stats
बाह्रखरी :: Baahrakhari
देश
नागढुंगा–नौबिसे सडक थप पाँच दिन दिउँसो बन्द हुने
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा–नौबिसे सडक आजदेखि थप पाँच दिन दिउँसो बन्द हुने भएको छ । दैनिक करिब ५ घण्टाका दरले सडक बन्द हुनेछ । 

जेठ ३० गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द हुने सडक विभागले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नागढुंगा–पिप्लालामोड खण्ड निर्माणका लागि सडक बन्द गर्नुपरेको विभागले बताएको छ । 

नारायणगढ मुग्लिन सडक योजना (पूर्वी खण्ड)ले काठमाडौंबाट जाने सवारीसाधन नागढुंगामा र नौबिसेतर्फबाट काठमाडौं आउने सवारीसाधन खानीखोलामा रोकिने जनाएको छ ।  साना तथा मझौला सवारीसाधनलाई वैकल्पिक रुट सीतापाइला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न विभागले आग्रह गरेको छ । 

३ बजेपछि मात्रै सवारी प्रवेश गर्न दिन विभागले सार्वजनिक सूचना जारी गर्दै अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्