site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्तोषीलाई एनओसीको बिदाइ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । स्वीट्जरल्यान्डको लुजेनमा हुने १२औँ इन्टरनेसनल एटलेट्स फोरममा सहभागी हुने धाविका सन्तोषी श्रेष्ठलाई बिदाइ गरिएको छ । आइतबार (जेठ २५) नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिक धाविका श्रेष्ठलाई बिदाइ गरेका हुन् ।

उक्त इन्टरनेसनल एथलेट्स फोरम आउँदो बुधबार र बिहीबार लुजेन सहरमा आयोजना गरिँदै छ । बिदाइ कार्यक्रममा एनओसीका उपाध्यक्ष अशोक बज्राचार्य, सचिव रामकृष्ण श्रेष्ठ बोस र कार्यकारी सचिव सुजनलाल श्रेष्ठ पनि उपस्थित थिए ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्