site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
शीतल गिरीको उपन्यास ‘कैवल्य’माथि विमर्श

ललितपुर । साहित्यकार शीतल गिरीको उपन्यास ‘कैवल्य’को सार्वजनिक गर्दै कृतिमाथि विमर्श गरिएको छ । सोमबार पाटनढोकामा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. तुलसीप्रसाद भट्टराई, प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले कृति सार्वजनिक गरे ।

कृतिमाथि बोल्दै प्रमुख अतिथि डा. भट्टराईले नेपाली साहित्यमा गिरीको योगदान राम्रो रहेको चर्चा गर्दै कैवल्यका पात्रहरूबाटै पनि दर्जनौँ उपन्यास लेख्न सकिने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रमका वक्ता डा. सुवेदीले नेपाली साहित्यमा पूर्वीय दर्शनको चर्चा गर्दै गहन र महत्त्वपूर्ण पुस्तक आएको बताए । उनले केही टिप्पणी गर्दै तथ्यहरूमा ध्यान दिएको भए राम्रो हुने बताए ।

डा. तुलसीप्रसाद गौतमले शीतलको उपन्यासमा सांकेतिकरूपमा धेरै विषय पाइने बताउँदै लेखकले बुद्ध दर्शन बुझेर यो पठनीय कृति तयार पारेको उल्लेख गरे ।

अर्का वक्ता साहित्यकार प्रोल्लास सिन्धुलीयले यस उपन्यासमा बुद्धको कथा नभएर चन्द्र र स्वातीको त्याग र तपस्याको कथा भएको उल्लेख गरे ।

कार्यक्रममा वक्ताहरू धु्रवराज थापा, नारायणप्रसाद शर्मा, शर्मिला बगालेले कृतिको चिरफार गरे ।

पत्रकला साप्ताहिकद्वारा आयोजित कार्यक्रममा उपन्यासकार गिरीले उपन्यासको रचनागर्भबारे केही बोल्दै कैवल्यमा प्रस्तुत विभिन्न मिथकीय र पौराणिक प्रसंगको चर्चा गरे ।

उक्तअवसरमा ओरिएन्टल पब्लिकेशनका हरि गौतम, कुमार चौलागाईं र डिल्लीरमण सुवेदीले बोलेका थिए । 
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  १२:४०
प्रतिक्रिया दिनुहोस्