site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विश्व वातावरण दिवसका अवसरमा सिटिजन्स बैंकको वृक्षरोपण

काठमाडौं । सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार (जेठ २९) कैलालीको धनगढीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लास्टिक’ भन्ने मूल नारालाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरणका निम्ति वृक्षरोपण गरिएको बैंकले जनाएको छ ।

विश्व वातावरण दिवस, २०२५ का अवसरमा बृहत् वृक्षरोपण कार्यक्रमअन्तर्गत धनगढीमा १०० भन्दा बढी विभिन्न प्रजातिका बिरुवा रोपिएको बैंकले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि देशका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन, समुदायिक विद्यालय एवं मठमन्दिरमा सहयोग गरिसकेको छ ।

बैंकले बुधबार (जेठ २८) रुपन्देहीको वनवाटिकामा वृक्षरोपण गरेको थियो । बुधबारै सुर्खेतको वीरेन्द्रनगरमा पनि वृक्षरोपण गरिएको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले देशैभरका आफ्ना २०० शाखा, १६८ एटीएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १५:३२
प्रतिक्रिया दिनुहोस्