विदेश

काठमाडौं । अमेरिकाले इजरायलको जेरुसेलमस्थित उसको दूतावास इरान–इजरायलबीचको जारी द्वन्द्वका कारण बुधबारदेखि शुक्रबारसम्म बन्द गरेको छ ।
अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना कर्मचारी र उनीहरूका परिवारलाई अर्को सूचना नभएसम्म घरभित्रै सुरक्षित बस्न निर्देशन दिएको सीएनएनले जनाएको छ । यो सँगै जेरुसेलम र तेलअभिभका कन्सुलर सेवा पनि स्थगित गरिएको छ ।
“अहिलेसम्म अमेरिकी नागरिकहरूको उद्दारका लागि कुनै विशेष घोषणा गरिएको छैन । तर, विदेश विभागले सधैँ संकटको बेलामा उद्दार योजना बनाउने गर्छ,” दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नयाँ जानकारी उपलब्ध हुन्छ, अमेरिकी नागरिकहरूलाई सूचित गरिनेछ ।” सीएनएन
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ ०६:३२
प्रतिक्रिया दिनुहोस्