
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आत्मसमर्पण गर्न चेतावनी दिएपछि इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले इरान कहिल्यै इजरायलसँग नझुक्ने बताएका छन् । उनले एक्समा पोस्ट गरेका छन्, “अब युद्ध सुरु भएको छ ।”
यसअघि, अमेरिकी राष्ट्रपति ट्रम्पले सोसल मिडियामा ‘बिनासर्त आत्मसमर्पण गर’ र ‘इरानी सुप्रिम लिडरको लुकेको स्थान हामीलाई थाहा छ भन्नेजस्ता’ जस्ता चेतावनी दिएका थिए ।
यसको प्रतिक्रियामा खामेनेईले एक्समा उक्त पोस्ट गरेका हुन् । खामेनेईले लेखेका छन्, “हामीले आतंकवादी इजरायली शासनलाई कडा जवाफ दिनुपर्छ । हामी जायोनीहरूप्रति कुनै दया देखाउने छैनौँ ।”
ट्रम्पको चेतावनी र खामेनेईको प्रतिक्रियाले तनाव बढाएको बताइएको छ । यसअघि ट्रम्पले भनेका थिए– हामीलाई सुप्रिम लिडर भनेर चिनिने व्यक्ति कहाँ लुकेको छ भन्ने कुरा ठ्याक्कै थाहा छ । उनी सजिलो लक्ष्य हुन् । तर उनी त्यहाँ सुरक्षित छन् । हामी उनलाई मार्ने छैनौँ । कमसेकम अहिले चाहिँ हत्या गर्दैनौँ । सीएनएन