site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकामा अर्को तीन महिना टिकटक चल्ने

काठमाडौं । अमेरिकामा टिकटक एप्लिकेसन अर्को तीन महिना (९० दिन) सम्म चल्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष कार्यभार सम्हालेपछि तेस्रोपटक यसको म्याद थप गर्न लागेका हुन् । 

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता क्यारोलिन लिभिटले मंगलबार भनिन्, “राष्ट्रपति ट्रम्पले यो हप्ता टिकटक चलिरहन दिने उद्देश्यले अर्को कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चिनियाँ स्वामित्वमा रहेको बाइटडान्सले जनवरीको म्यादसम्म अमेरिकी कम्पनीलाई यो एप बेच्न अस्वीकार गरेपछि यसलाई अमेरिकामा प्रतिबन्ध लगाउने तयारी थियो ।

यसको बारेमा टिप्पणीका लागि बीबीसीले गरेको अनुरोधलाई टिकटक र बाइटडान्सले तुरुन्तै कुनै प्रतिक्रिया दिएनन् ।

९० दिन म्याद थप्ने निर्णयले यो सम्झौता पूरा गर्न सुनिश्चित गर्ने लिभिटले  बताइन् । यसले गर्दा अमेरिकी नागरिकले आफ्नो डाटा सुरक्षित रहेको विश्वासमा टिकटक प्रयोग गर्न जारी राख्नसक्ने उनले बताएकी छिन् ।
  
लिभिटको यो घोषणाभन्दा अगाडि नै ट्रम्पले बीबीसीलाई सम्भवत उनले टिकटकको म्याद थप्ने बताएका थिए । बीबीसी

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्