
काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको फाइनलिस्ट इन्टर मिलानलाई फिफा क्लब विश्वकपमा मेक्सिकन टोली मोन्टेरीले १–१ को बराबरीमा रोकेको छ ।
बुधबार अमेरिकाको रोस बलमा सम्पन्न खेलमा मेक्सिकन टोली मोन्टेरीले नै सुरुआती अग्रता बनाएको थियो । २५औँ मिनेटमा स्पेनका पूर्वरक्षक सर्जियो रामोसले गोल गर्दै मेक्सिकन टिमलाई अग्रतामा राखेका थिए ।
तर, ४२औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड लौटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा फर्काए । यसपछि दुवै टिमबाट थप गोल नहुँदा खेल बराबरीमा समाप्त भएको हो ।
प्रतियोगितामा दुवै टिमको यो पहिलो खेल हो । यो बराबरीसँगै समूह ‘एफ’मा मोन्टेरी दोस्रो र इन्टर तेस्रो स्थानमा छ । समूहको शीर्ष स्थानमा आसिन रिभर प्लेटले तीन अंक जोड्दा पुछारको उरावा रेड्स अंकविहीन छ ।