site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीविरुद्ध नक्कली उजुरी दिएको आरोप लागेपछि रास्वपाले बनायो छानबिन समिति
फाइल तस्बिर ।
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । भिजिट भिसा प्रकरणलाई लिएर सांसद सुमना श्रेष्ठको निर्देशनमा गृहमन्त्री रमेश लेखकविरुद्ध नक्कली उजुरी दिइएको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले छानबिन समिति बनाएको छ । रास्वपाको सचिवालय बैठकले सांसद चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो ।

समितिमा वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरे र  पूर्वएसएसपी लब विष्ट सदस्य छन् । समितिले नक्कली उजुरी दिन प्रोत्साहन गरेको/नगरेको विषयमा छानबिन गर्नेछ ।

रास्वपाले श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको दाबीसहित आएका समाचारलाई भ्रामक भनेको छ । "पार्टीले यसलाई संसद्को रोस्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृंखलाको एक हिस्सा मानेको छ । पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन," रास्वपाले भनेको छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्