site stats
बाह्रखरी :: Baahrakhari
देश
विनयी खोलाको डाइभर्सन बाढीले बगायो, सवारी आवागमन ठप्प
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवासको विनयी खोलामा बाढीले पुनः डाइभर्सन बगाएको छ । बाढीले पुनः डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । 

गए रातिदेखि परेको पानीले खोलामा बाढी आएपछि अस्थायी डाइभर्सन बगाएको कारण सवारी आवागमन ठप्प भएको छ । 

सडक डिभिजन कार्यालय भरतपुर चितवनले उक्त स्थानमा गएराति एक यात्रुवाहक बस बगाएको बताएको छ । उक्त बसमा रहेका सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्