site stats
बाह्रखरी :: Baahrakhari
खेल
एएफसी एसियन कप छनोट खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । एएफसी महिला एसियन कप–२०२५ छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेले शुक्रबार २३ सदस्यीय अन्तिम टोली सार्वजनिक गरेका हुन् ।

छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ । यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यो समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छनोटबाट समूहको शीर्ष टोलीले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान सुनिश्चित गर्नेछ ।

नेपाली टिम :–

गोलकिपर : एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ

रक्षक : गीता राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैसी

मिडफिल्डर : विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, सरस्वती हमाल

फरवार्ड : सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्