site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सबैभन्दा बढी आयात हुने सनफ्लावर र सोयाबिन तेल नै बढी निर्यात

काठमाडौं । सनफ्लावर र सोयाबिन तेल प्रशोधन गर्न एक खर्ब २२ अर्बको कच्चा पदार्थ आयात गरेर एक खर्ब चार अर्ब ८५ करोड रुपैयाँ बराबरको निर्यात गरिएको छ । यो कुल निर्यातको झन्डै आधा हिस्सा हो । 

भन्सार विभागका अनुसार, चालु आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा कुल दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सबैभन्दा बढी आयात हुने वस्तुको दोस्रो नम्बरमा सोयाविन तेलको कच्चा पदार्थ छ । त्यसैगरी सनफ्लावर तेलका लागि चाहिने कच्चा पदार्थ सबैभन्दा बढी मूल्यको आयात हुने सूचीको नौ नम्बरमा छ । 

जेठ मसान्तसम्म ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँको सोयाविन तेलको कच्चा पदार्थ आयात भएको छ । तर, उक्त अवधिमा ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको प्रशोधित सोयाबिन तेल निर्यात भएको भन्सार विभागको तथ्यांक छ । 

त्यस्तै, जेठ मसान्तसम्म २६ अर्ब ८७ करोड ८९ लाख रुपैयाँको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको छ । उक्त अवधिमा ११ अर्ब ३३ करोड ८९ लाख रुपैयाँको सनफ्लावर तेल निर्यात भएको छ ।  

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्