site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा उपत्यकामा वर्षा, विष्णुमती नदीमा जलसतह बढ्दो
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । पछिल्लो तीन घण्टामा काठमाडौं उपत्यकाको बूढानीलकण्ठ र आसपास मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार, विष्णुमती नदीमा जलसतह बढ्दो क्रममा छ । नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"पछिल्लो तीन घण्टामा काठमाडौंको बूढानीलकण्ठ वर्षामापन केन्द्र र आसपास मध्यम वर्षामापन भएको छ । विष्णुमती नदीमा जलसतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाइराखौँ," विभागले असार ६ (शुक्रबार बेलुका ६ः०५ बजे) सूचना जारी गर्दै भनेको छ । 

त्यस्तै, काठमाडौं उपत्यकाको धोवीखोला कपन जलमापन केन्द्रमा जलसतह सतर्कता तहनजिक र बढ्दो क्रममा रहेको विभागले जनाएको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्