site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभामा रास्वपा : प्रतिपक्षको पालोमा भित्र, सत्तापक्ष बोल्दा बाहिर

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध पक्षमा आफ्ना मन्तव्य व्यक्त गर्न सभामुखले समय दिएर नाम घोषणा गर्नासाथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बैठक पक्षबाट बाहिरिन थालेका छन् ।

यहाँ रोचक पक्ष के छ भने छलफलमा विपक्षी दलका सांसदको भाग लिने पालो आएपछि उनीहरू पुनः बैठकमा पुगे । निलो गलबन्दी (रिबन) लगाएर त कहिले वेलअगाडि पलेँटी कसेर उनीहरूले विरोध गर्दै आएका छन् । शनिबार (असार ७) उनीहरू सत्तापक्षका सांसद बोल्दा बाहिरिने र प्रतिपक्षको पालो आउँदा भित्रने गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रास्वपाका प्रवक्ता मनिष झाले प्रतिपक्ष दलका सांसदले विनियोजन विधेयकमा धारणा राख्दा आफूहरू वेलअगाडि उभिएको बताए । सत्तापक्षका सांसद बोल्न थालेपछि आफूहरू बैठकबाट बाहिरिएको उनले उल्लेख गरे ।

“सत्तापक्ष सांसद बोल्न थालेपछि बैठकबाट बाहिरिएका हौँ । हामी संसद् भवनमै छौँ । प्रतिपक्ष बोल्ने बेला फेरि भित्र आउँछौँ,” उनले भने । रासस

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १६:४२
प्रतिक्रिया दिनुहोस्