site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
युद्धकारीको मस्तिष्कमा मानवताको भाव आउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य जीवनका निम्ति अपरिहार्य रहेको बताएका छन् । शनिबार (असार ७) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले स्वास्थ्य सबैभन्दा ठूलो धन भएको बताएका हुन् ।

“स्वास्थ्य जीवनका लागि अपरिहार्य छ । राम्रो स्वास्थ्य हुनुपर्दछ । आज योग दिवस पनि हो,” उनले भने, “स्वास्थ्य सबैभन्दा ठूलो धन हो । जीवनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । स्वास्थ्यपछि मात्रै अरू चिज आउँछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

युद्धरत देशका शासकको मस्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्ने उनले उल्लेख गरे । उनले अरूको देशमा हमला गरेर, मान्छे मारेर नभई खेल खेलेर जित्न उचित हुनेमा जोड दिए ।

“आज दुनियाँमा कता विभिन्न ठाउँमा युद्ध भइरहेको छ । ती युद्धकारीहरूको मस्तिष्कमा शान्ति, मानवताको भाव आउनुपर्छ,” उनले भने, “अर्को देशमा हमला गरेर, मान्छे मारेर, फलानोलाई मार्छु भनेर जित्नुभन्दा खेल खेलेर जित्नु राम्रो हुन्थ्यो ।”

खेलाडीको जस्तो पवित्र भावना विश्वका शासकमा भइदिने दुुनियाँ धेरै शान्तिपूर्ण हुने र मानिस ढुक्कसँग निदाउन सक्ने उनले बताए । “खेलाडीहरूको जस्तो पवित्र भावना विश्वका शासकहरूमा भइदिने हो भने दुुनियाँ धेरै शान्तिपूर्ण हुन्थ्यो । रमणीय हुन्थ्यो, ढुक्कले सुत्न सक्ने हुन्थ्यो,” उनले भने, “निर्दोष बालबालिका मारिनुपर्ने थिएन । हस्पिटलमा भएका बिरामी, गर्भभित्रै भएका बिरामी मारिनुपर्ने थिएन ।”

प्रधानमन्त्री ओलीले शान्ति र मित्रताका पक्षमा खेलको धेरै महत्त्व रहेको बताए । सरकारको स्वास्थ्यको मूल नीति नै निरोगी नेपाल रहेको जानकारी गराए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्