site stats
बाह्रखरी :: Baahrakhari
देश
चितवनमा भारी, कतै मध्यम वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा गए राति र आइतबार (असार ८) बिहान वर्षा भएको छ । चितवनमा भारी वर्षा भएको छ ।

कालीखोलामा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साना खोलामा आकस्मिका बहावको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“असार ८ गते बिहान २ बजे । हाल चितवन जिल्लास्थित कालीखोला वर्षा मापन केन्द्रमा भारी वर्षा  मापन भएको र थप वर्षा हुने भएकोले सो क्षेत्र भई बहने कालीखोलालगायत अन्य साना खोलामा आकस्मिक बहाव आउन सक्ने रहेकोले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

दोलखा, खोटाङमा मध्यम वर्षा
दोलखा र खोटाङमा मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा जिरीमा मध्यम वर्षा भएको विभागले जनाएको छ ।

“असार ८ गते बिहान ४.०५ बजे । पछिल्लो तीन घण्टामा दोलखा जिल्लास्थित जिरी वर्षा मापन केन्द्रमा मध्यय वर्षा मापन भएको र थप वर्षा हुने भएकोले सो क्षेत्र भई बहने खिम्ती खोलालगायत अन्य साना खोलामा आकस्मिक बहाव आउन सक्ने रहेकोले उच्च सतर्कता अपनाऔँ,” विभागले भनेको छ ।

खोटाङका भैँसे, लामीडाँडालगायत स्थानमा पनि मध्यम वर्षा भएको छ । थप वर्षा हुने सम्भावनासँगै बाढीपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“असार ०८ बिहान ४ः५० बजे । पछिल्लो एक घण्टामा खोटाङ जिल्लास्थित भैँसे, लामीडाँडा वर्षा मापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षा मापन भएको छ र थप वर्षा हुने सम्भावना रहेकोले खोटाङ जिल्ला भई बहने स–साना खोलाहरूमा बहाब बढ्न सक्ने र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ । 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०५:५६
प्रतिक्रिया दिनुहोस्