site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) बिक्रीका निम्ति अनुमति दिएको छ । बोर्डले यही असार ५ गते उक्त संस्थालाई दुई करोड ३१ लाख रुपैयाँबराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका निम्ति अनुमति दिएको हो ।

माइक्रो फाइनान्स समूहको उक्त कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका निम्ति अनुमति दिएको छ । त्यसमा पाँच जलविद्युत् समूहका कम्पनी छन् । तीन लघुबिमाका कम्पनी छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९०० बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

यस्तै, साधारण सेयर बिक्रीका निम्ति अनुमतिको प्रतीक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण सेयर बिक्रीका निम्ति अनुमतिको प्रतीक्षामा छन् । रासस

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०७:५१
प्रतिक्रिया दिनुहोस्