site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मती र धोबीखोला सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंसहित देशका अधिकांश स्थानमा आइतबार राति वर्षा भएको छ । वर्षासँगै नदी, खोलाको जलसतह पनि बढ्दो क्रममा छ । 

आइतबार राति काठमाडौंस्थित वाग्मती नदी गौरीघाट, धोबीखोला चाबहिल जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जलसतह बढ्दो क्रममा रहेको छ । नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेले सतर्कता अपनाउन विभागको आग्रह छ । 

विभागले असार ८ गते राति ११:३० बजे जारी गरेको सूचनामा भनिएको छ, "काठमाडौंस्थित वाग्मती नदी गौरीघाट, धोबीवीखोला चाबहिल जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदी किनारको बाटो भइ यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनुहुनेहरुले सतर्कता अपनाईराखौँ ।"

 

 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  २३:५९
प्रतिक्रिया दिनुहोस्