site stats
बाह्रखरी :: Baahrakhari
खेल
बेलिंगमले क्लब विश्वकपपछि काँधको शल्यक्रिया गर्ने

काठमाडौं । इंग्ल्यान्ड तथा स्पेनिस क्लब रियाल मड्रिडका मिडफिल्डर जुड बेलिंगमले क्लब विश्वकपछि काँधको शल्यक्रिया गर्ने जनाएका छन् । आइतबार क्लब विश्वकपअन्तर्गत पाचुकासँगको खेलपछि बेलिंगमले आफ्नो काँधको शल्यक्रिया गर्ने बताएका हुन् ।

“म धेरै कठिन अवस्थामा पुगिसकेको छु । म यो प्रतियोगितापछि शल्यक्रिया गर्ने निर्णयमा पुगेको छु,” सञ्चारकर्मीसँग बेलिंगमले भने, “मलाई यो समस्या भएको लामो समय भइसक्यो । म अहिले सहन सक्ने अवस्थामा छैन । तर, फिजियो र डाक्टरहरू अनुभवी छन् । उनीहरूले मलाई सहज महसुस गराएका छन् ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस सिजनको सुरुवातदेखि नै जमर्न क्लब बोरुसिया डर्टमन्डबाट रियालमा अनुबन्ध भएका उनी अधिकांश खेलमा काँधमा ब्यान्डेज बाँधेर खेलेका थिए ।

चोटका बाबजुद रियालमा उनको प्रदर्शन कम भएको छैन । उनले अनुबन्ध भएको सिजनमा टोलीलाई स्पेनिस कप ला लिगा र च्याम्पियन लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

सोमबार उनको टोलीले पाचुकाविरुद्ध ३–१ को सहज जित निकालेको थियो । जसमा उनले एक गोल गरेका थिए ।

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १३:१५
प्रतिक्रिया दिनुहोस्