site stats
बाह्रखरी :: Baahrakhari
देश
कतारमा इरानी मिसाइल प्रहारपछि नेपाली दूतावासले भन्यो– सतर्क र यथास्थानमै रहनू

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारमा रहेका नेपाली नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार गरेपछि दूतावासले सोमबार राति सामाजिक सञ्जालमा एक पोष्ट गर्दै सतर्क र यथास्थानमै रहन आग्रह गरेको हो । 

दूतावासले शान्तपूर्वक रहन र कतार सरकारका आधिकारिक सूचना र निर्देशनहरूको पालना गर्न समेत अनुरोध गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजदूतावासले भनेको छ, "वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौँ । कृपया शान्तपूर्वक रहन र कतार सरकारको आधिकारिक सूचना, र निर्देशन पालना गर्न अनुरोध गर्दछौँ ।"

 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  ००:१५
प्रतिक्रिया दिनुहोस्