site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

काठमाडौं । दी ब्रिज डिकेट कपको उपाधि नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको टोली ब्रिज–११ ले जितेको छ । बेलायतको विल्सायरमा दोस्रो मैत्रीपूर्ण खेलमा ब्रिज–११ ले डेभाइज क्रिकेट क्लबलाई १२७ रनले पराजित गर्दै उपाधि जितेको हो ।

टस हारेर पहिला बलिङ गरेको ब्रिज–११ का म्यानी गुरुङले २६ बलमा ५१ रनको अर्धशतकीय पारी खेले । दिवस गिरीले ३७ बलमा ६२ र कप्तान लामिछानेले २४ बलमा ५४ रन जोडे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बलिङतर्फ डेभाइजका जर्ज डनफोर्ड, क्यामरून ली र अल गवले समान दुई विकेट लिए । 

३०७ रनको लक्ष्य पछ्याएको डेभाइज क्रिकेट क्लबका थमस एन्ड्र्युले ७१ बलमा १०१ रनको शतकीय पारी खेले । लुक ह्याम्बलिनले ३९ बलमा १० रनको योगदान दिए ।

बलिङतर्फ ब्रिज–११ का मोसेसले दुई विकेट लिए । सन्दीप लामिछाने, अमित, विकास र मार्क बर्टनले समान एक विकेट लिए ।

ट्रफी वितरणका क्रममा ब्रिज इन्टरनेसनल कन्सल्टेन्सीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन गिरीले १० वर्षे यात्रामा समाजप्रतिको उत्तरदायित्वका रूपमा खेल प्रतियोगिता गर्न पाएकामा सन्तुष्टि व्यक्त गरे ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १२:३९
प्रतिक्रिया दिनुहोस्