site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीबारे श्याम घिमिरे– स्वच्छ छविको इतिहास बनाएको व्यक्ति हो, बेदाग चरित्र हो

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गृहमन्त्री रमेश लेखकले स्वच्छ छविको इतिहास बनाएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा घिमिरेले गृहमन्त्री लेखकको प्रशंसा गरेका हुन् ।

“माननीय गृहमन्त्री आफैँमा एउटा अत्यन्तै स्वच्छ छविको इतिहास निर्माण गरेको व्यक्ति हो । पटकपटक मन्त्री हुनुभएको बेदाग चरित्र पनि हो । उहाँले यो काममा भित्रैदेखि सदाशयताका साथ काम गर्ने कुरामा पर्याप्त आधार र ठाउँहरू रहेका छन्," उनले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले संसद् बहिष्कार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई संसदीय अभ्यासमा सरकारमाथि विश्वास नगर्ने भन्दै प्रश्न गरे । उनले छानबिन समितिलाई साथ दिन र समितिलाई अपनत्व गरेर शंकाको सुविधा दिएर हेर्न रास्वपा र राप्रपालाई आग्रह गरे ।

"म प्रतिपक्षी साथीहरूलाई, जो अहिले संसद् बहिष्कार गरेर हिँड्नुभएको छ, उहाँहरूलाई यसरी कति दिनसम्म चल्छ ? संसदीय अभ्यास यही हो ? संसदीय अभ्यासमा सरकारमाथि विश्वास नै नगर्ने ? संसद्‌माथि विश्वास नै नगर्ने हो ? कसरी यो संसदीय अभ्यासमा सामेल हुन सकिन्छ ?," उनले प्रश्न गरे ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्