site stats
बाह्रखरी :: Baahrakhari
खेल
एम्बेयुमोलाई भित्र्याउन युनाइटेडले गर्‍यो ६० मिलियन पाउन्डको प्रस्ताव

काठमाडौं । इंग्लिस टिम म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डका फरवार्ड ब्रायन एम्बेयुमोलाई भित्र्याउन ६० मिलियन पाउन्डको प्रस्ताव गरेको छ ।

युनाइटेडले यसअघि ४५ मिलियन पाउन्ड र १० मिलियन ‘एड वान्स’सहित प्रस्ताव गरे पनि ब्रेन्टफोर्डले अस्वीकार गरेको थियो । यसैकारण युनाइटेडले आफ्नो प्रस्तावलाई सुधार गर्दै मंगलबार पुनः ६० मिलियन पाउन्डसहित प्रस्ताव राखेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एम्बेयुमो सन् २०१९ मा फ्रेन्च टिम ट्रोयसबाट ब्रेन्टफोर्डमा आएका थिए । हालसम्म उनले ब्रेन्टफोर्डबाट २२२ खेल खेल्दा ६५ गोल  गरेका छन् । उनले पछिल्लो सिजन आफ्नो खेल करियरको उत्कृष्ट २० गोल र नौ एसिस्ट गरेका थिए ।

युनाइटेडले यसअघि अर्काे इंग्लिस टिम वुल्भरह्याम्पटनबाट म्याथ्युज कुन्हालाई ६२.५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १५:५७
प्रतिक्रिया दिनुहोस्