site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फाका सहायक महासचिव जोशीले दिए राजीनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का सहायक महासचिव अरूणमान जोशीले राजीनामा दिएका छन् । जोशीले बुधबार एन्फा अध्यक्षलाई पत्र लेख्दै आफूले राजीनामा दिएको जनाएका हुन् ।

एपीएफ क्लबको उजुरीमा एन्फाले थ्रीस्टार क्लबलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने निर्णय गरेपछि आफूले नैतिकताका आधारमा राजीनामा बुझाएको जोशीको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि, एन्फाले २०७९–८० मा भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा भिसा नभएका विदेशी खेलाडीलाई खेलाएको पुष्टि भएको जनाउँदै एन्फाले थ्री–स्टारलाई ‘बी’ डिभिजन लिगमा घटुवा गर्ने निर्णय गरेको थियो । त्यसबेला जोशी नै थ्रीस्टारका अध्यक्ष थिए ।

जोशीले अध्यक्षलाई बुझाएको पत्रमा थ्रीस्टारमाथि अन्याय भएको जनाएका छन् ।

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्