site stats
बाह्रखरी :: Baahrakhari
देश
कोसीमा सिटी रिक्सा चालकले लाइसेन्स लिन लिखित परीक्षा दिन नपर्ने
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका सिटी रिक्सा चालकले सवारी चालक अनुमतिपत्र लिन लिखित परीक्षा दिन नपर्ने भएको छ । तर, ट्राफिक नियमको प्रशिक्षण लिनुपर्नेछ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली, २०८२ लाई स्वीकृत गरेको छ । नियमावली स्वीकृत भएसँगै यातायात क्षेत्रमा रहेको विकृति नियन्त्रण गर्न सजिलो हुने सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले नियमावली कार्यान्वयनमा गएपछि सिटी रिक्साको लाइसेन्स प्रक्रिया, दर्ता प्रक्रियामा सुधार हुने विश्वास गरिएको बताए । 

नियमावलीमा सार्वजनिक सवारी साधनले पञ्जीकृत हुनुनपर्नेसहित व्यवस्था समेटिएको छ ।

बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८२ लाई प्रतिस्थापन गर्ने ‌बनेको विधेयक २०८२, प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, सामाजिक संघसंस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेस गर्न स्वीकृति दिइएको छ ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा काजका लागि खटाउने निर्णय पनि गरेको छ ।
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्