site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गभर्नर पौडेलसँग सेयरमात्रै १४ करोडको, कति छ कुल सम्पत्ति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त भएसँगै उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
  
पौडेलले अचल सम्पत्ति ललितपुरको सैंबुमा र नवलपरासीको गैंडाकोटमा घर देखाएका छन् । दुवै घर उनको श्रीमती प्रतिभा शर्माको नाममा छ । सैंबुमा एक करोड ५५ लाखको जग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन् । घर र जग्गा पैतृक र स्वआर्जन भनेका छन् ।

चल सम्पत्तिमा ४५ तोला सुन र १५ लाख हिराको गहना देखाएका छन् । सुन पैतृक र हिरा स्वआर्जन भनेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर पौडेलको नाममा रहेको छ । 

सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२, सानिमा बैंकको डलर खातामा चार हजार ४४६ डलर उनको श्रीमती शर्माको नाममा रहेको उल्लेख गरेका छन् । बैंक खातामा रहेको सबै रकम स्वआर्जन भनिएको छ ।

सेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवर्द्धक सेयर रहेको छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता सेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता सेयर रहेको छ । 

९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको एक लाख ८६ हजार ८३४ कित्ता सेयर ग्लोबेको प्रा.लि.को रहेको छ । संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता सेयर पौडेलको नाममा रहेको छ ।

उनले श्रीमती शर्माको नाममा ग्लोबेको प्रा.लि.मा ३७ लाख ५० हजार रुपैयाँको ७५ हजार कित्ता सेयर रहेको विवरण पेस गरेका छन् ।

उनले कसैबाट ऋण लिएका छैनन् । श्रीमती शर्माको नाममा सुजुकी कार रहेको विवरणमा देखाएका छन् । कारको खरिद मूल्य ४४ लाख रुपैयाँ छ । 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १३:४२
प्रतिक्रिया दिनुहोस्