
काठमाडौं । पोर्चुगिच क्लब बेन्फिका र जर्मन क्लब बायर्न म्युनिख फिफा क्लब विश्वपको अन्तिम–१६ मा प्रवेश गरेको छ । बेन्फिका र बायर्नले समूह ‘सी’बाट विजेता र उपविजेता बन्दै विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेका हुन् ।
बेन्फिकाले अब क्वार्टरफाइनलका पुग्न समूह ‘डी’को समूह विजेता इंग्लिस क्लब चेल्सी र बायर्नले समूह उपविजेता ब्राजिलियन क्लब फ्लेमिंगोसँग प्रतिस्पर्धा गर्नेछ ।
बायर्न एक खेल अगावै अन्तिम–१६ को निम्ति छनोट भएको थियो । बेन्फिकाले समूह चरणमा तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै सात अंक छ । त्यस्तै, बायर्नले समूह चरणमा तीन खेल खेल्दा दुई खेलमा जित र एक खेलमा बराबरी खेल्दै ६ अंक बनाएको हो ।
बुधबार समूह विजेता बन्न बेन्फिकाले बायर्नविरुद्ध अमेरिकाको चार्लाेट सहरस्थित उक्तर क्यारोलिन रंगशालमा १–० को जित निकालेको थियो ।
बेन्फिका र चेल्सीबिच खेल आगामी जुन २८ मा चार्लाेटस्थित उत्तर क्यारोलिन रंगशालामा हुनेछ । यस्तै, बायर्नले फ्लेमिंगोसँग आगामी जुन २९ मा मियामीस्थित हार्ड रक रंगशालामा प्रतिस्पर्धा गर्ने तालिका छ ।